जन सरोकार

आचार्यको परिवारलाई ५० लाख १२ हजार एक सय ९४ विमा रकम हस्तान्तरण

प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रू ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो ।

गत माघ १० गते काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आचार्यले आत्मदाहको प्रयास गरेका थिए। घाइते भएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे मृत्यु भएको थियो ।

कम्पनीले दाबी भुक्तानी वापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताउनुभयो ।

आचार्यको निधनभएपछि उहाँको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।

इलामको सूर्योदय नगरपालिका–११ केराबारीका ३६ वर्षीय आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबूकमा लामो नोट लेख्दै विभिन्न व्यापारिक घराना तथा बैंकहरुले आफूलाई दुःख दिएको उल्लेख गरेका थिए ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले आचार्यको आत्मदाहको कारण र उनले नाम उल्लेख गरेकाहरुका सम्बन्धमा छानबिन गर्न समिति गठन गरे पनि लामिछाने पदमुक्त भएसंगै यो विषय सेलाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.