कानागावा प्रान्तीय परिषद्मा डोलराज सापकोटा चयन
जापानको कानागावा प्रान्तीय सरकारले विदेशी नागरिकहरुका लागि गठन गरेको सरकारी परिषदको १२ औं समितिमा नेपाली नागरिक डोलाराज सापकोटा (हरि) चयन हुनुभएको छ ।
प्रान्तीय सरकारले आफ्ना योजना तथा नीति तर्जुमामा बिदेशी मुलका वासिन्दाहरुको प्रस्तावलाई समेट्ने गरी सन् १९९८ मा “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद” गठन गरेको थियो ।
२ वर्ष कार्यकाल रहने उक्त परिषदको १२औ समितिमा कानागावा नेपाल कम्युनिटिका संस्थापक अध्यक्ष सापकोटा चुनिनु भएको हो ।
सन् २०१७मा कम्युनिटी स्थापना गर्दा करिब ४, हजार नेपाली बसोबास गरेकोमा हाल ८ हजार ७ सय ६० नेपाली कानागावा प्रान्तमा बसोबास गरिरहेको तथ्यांक छ ।

उहाँको कार्यकालमा कानागावा नेपाली समुदायले सकृय रुपमा कार्य गरेको र विशेष गरी जापानीहरुलाई खाना खुवाउने, टेलिफोन मार्फत परामर्ष, कोरोनाको मारमा परेका बिद्यार्थीहरुलाई आर्थिक सहयोग, कोरोना भ्याक्सिन लगायतका कार्यक्रममा उहाँले खेलेको भूमिकाको उच्च मूल्याङकन गरिएको बताइएको छ ।
हालै प्रान्तीय सरकारको कार्यालयमा नवनियुक्त परिषद्को सदस्यहरुलाई गभर्नर युउजी कुरोइवाले नियुक्तिपत्र दिदै प्रतिनिधित्व गर्नुहुने देशबाट कानागावामा बसोबास गर्ने नागरिकहरु र जापान सरकारबीचमा पुलको रुपमा काम गर्न अनुरोध गर्नुभयो ।
उक्त परिषदमा नेपालका सापकोटा लगायत चीन, कोरिया, भियतनाम, इन्डोनेसिया, ब्राजिल, क्यानाडा, रसिया र पेरुका सदस्यहरु रहेका छन् । वर्षमा ७ पटक परिषदको बैठक बस्ने र उक्त बैठकले प्रान्तीय सरकारलाई नीतिगत प्रस्ताव बुझाउने व्यवस्था रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्