यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि आर्सनले जितेको छ । आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको जितेको हो ।
मंगलबार राति म्यानचेस्टर सिटीले बोर्नेमाउथसँग जित्ने पर्ने खेलमा १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले एक खेल अगाबै च्याम्पियन बन्यो । अब , आर्सनलले अन्तिम खेलमा क्रिष्टल प्यालेससंग प्यालेसको घरेलु मैदानमा खेल्नेछ ।
लिगमा अन्तिम खेल खेल्न बाँकी रहेको आर्सनल ३७ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सिटीको ७८ अंक छ । अब अन्तिम खेलमा आर्सनल क्रिस्टल प्यालेससँग पराजित भए उसलाई च्याम्पियन बन्न कसैले रोक्न सक्दैन।
सिटीले बोर्नेमाउथको खेलको नतिजा आएपछि लण्डनका सडकहरूमा आर्सनलका समर्थहरूको ठूलो भिड लागेको थियो । आर्सनलकै पूर्व खेलाडी समेत रहेका मिकेल अर्टेटाको प्रशिक्षणमा आर्सनलले उपाधि जितेको हो ।
सन् २०२४-२५ को सिजनमा आर्सनल लिभरपुलभन्दा पछि रहँदै दोस्रो भएको थियो ।





प्रतिक्रिया राख्नुहोस्