सुमार्गी प्रकरणले बढायो प्रचण्डमा बेचैन
कता कता सामाजिक सञ्जालाँ अजय सुमार्गीको पासपोर्ट रोक्का राखेको सुनियो । यो अजय सुमार्गी भन्ने मान्छे तत्कालीन मध्यपश्चिमदेखि वर्तमानको कर्नाली प्रदेशको जनताको दुष्मन हो । यसले जनताको पेट र देशको समृद्धिमा नराम्रो लात हानेको छ ।
नेपाली काँग्रेसको नेता गिरिजा प्रसादको पालादेखि सुर्खेतको पश्चिम चौकुनेमा चौकुने सिमेन्ट उद्योग ू स्थापना गर्न ठेक्का लिएर न त काम गरेको छ न ठेक्का तोडेको छ । जसका कारण ४० वर्षदेखि सिमेन्ट उद्योग स्थापना नभएर वर्तमान कर्नालीबासीको विकासको सपना तुहाईएको छ ।
सुमार्गिको गिरिजासितको साँठगाँठ, पछि गएर प्रचण्डसित जोडिएछि प्रचण्लाडई समेत ठेक्का पट्टामा पाटनर बनाएर यौटा २×२ को “मुक्ति श्रीका” नाममा साईन बोड टाङेर सिमेन्ट उद्योग अलपत्र पारेको सुमार्गी ऐले सरकारको निगरानिमा परेछि प्रचण्डलाई छट्पटी छुटेको छ ।
सिमेन्ट उद्योगको ठेक्का अरुले लिएर अलपत्र पारेको भए माओवादीहरले त्यसको टुप्पी ठाडो पारिसक्थे । तर प्रचण्ड र सुमार्गीको संयुक्त लगानीमा बन्ने भएकोले माओवादीले उद्योग चालू नभएकोमा कुनै प्रश्न उठाएनन् जब कि चौकुने क्षेत्र भनेको देशकै सबैभन्दा ठूलो माओवादि सेल्टर हो र ऐलेनि चौकुने गाउँपालिका माओवादिकै कब्जामा छ ।
सरकारले काम नगर्ने ठेकेदार, तस्कर, मन्त्री, नेता र गुण्डाहरुलाई पक्राउ गरेर जस्लाई जुन मुद्दामा हाल्न सकिन्छ त्यसलाई त्यै मुद्दा लाएर कालोधन्दा सफाया गर्न लाग्दा एमालेबाट विष्णु पौडेल समातिनु र माओवादीबाट सुमार्गी समातिने चाल पाएछि सुमार्गीले पोल्यो भने आफु पनि गइन्छ भनेर प्रचण्ड सुमार्गीलाई पक्रिनु पूर्व नै एमालेसित पाटी एकीकरण गरेर सरकारसित संयुक्तरुपमा लडने तयारीमा प्रचण्ड पुगेका छन् ।
सुमार्गी पक्राउ परेसितै प्रचण्ड पनि पक्राउ पर्ने डरले ऐले प्रचण्ड विपक्षी दलहरु सदनमा एक भएर जानू पर्ने प्रस्ताव लिएर विराटनगर स्थित शेखर कोइरालालाई भेटन पुगेका छन् । सरकारले पुराना दलका भ्रष्ट नेताहरु प्रचण्ड देखि माधब नेपालसम्म कसैलाई नि नछोडने संकेत प्रचण्डले गोप्यमा पाएछि ऐले सबै नेताहरुलाई छट्पटी छुटेकोछ ।
प्रधानमन्त्रीको रुख ठेकेदारप्रति त्यसै पनि राम्रो छैन । त्यसैले पनि ठेकेदारमाथि प्रश्न उठने बित्तिकै प्रधानमन्त्री नेगेटिभ भएर उत्रिन सक्छन भन्ने भयले पनि ऐले ठेकेदारहरु सरकारसित त्राहित्राहि छन् ।
यद्यपि माओवादी युध्दका बेला कर्नालीका जनताले माओवादी र प्रचण्डका निम्ति ठूलो सेक्रिफाईस गरे तर तिनै प्रचण्डले कर्नालिबासीको उन्नति र हित हुने चौकुने सिमेन्ट उद्योग र अपर कर्नालि आयोजना बन्न दिएनन् ।
तिनै दुबै आयोजना बन्न नदिन सिमेन्ट उद्योगमा प्रचण्ड आँफै जोडिए भने अपर कर्नालीलाई योजना बन्न नदिएर जिएमआरलाई दुहुनु गाई बनाएर कहिले कार्यकर्तालाई बम पडकाउन लगाएर त कैले जिएमआरसित पैसा अशुल्न कार्यकर्ता परिचालन गराएर उक्त आयोजना बन्नै दिएनन् ।
जब सत्ताको पहुँचमा भएको नेता यौटा ठेकेदार र तस्करको मुट्ठीभित्र बाँधिन्छ, तब योजनाहरुको हविगति र जनताको हालत के हुन्छ भन्ने कुरा प्रचण्ड र सुमार्गीको साँठगाँठपछि कर्नालीका जनताले राम्रोसित थाहा पाएका छन् । अब ऐले सत्ताबाट धेरै टाढा भएर नि प्रचण्ड आफू र पाटनर सुमार्गीलाई बचाउन वलीसित पाटी एकीकरणमा ज्यान दिएर लागेका छन् ।
“चोर चोर मौसेरे भाइ” भन्या झैँ एमालेका र माओवादीका भ्रष्ट नेताहरु विष्णु पौडेल र अजयराज सुमार्गीलाई दूधले नुहाएको मूर्ति बनाएर अपराधबाट बचाउन लागिपरेका छन् ।
यो साच्चिकै जनताप्रति उत्तरदायी हो भने कुनै पनि काण्डका नाइकेहरुलाई छाती खोलेर हिँडने अकसर दिइनु हुँदैन र हिजोका अपराधीहरुलाई तह नलाएसम्म यो देश बन्दा पनि बन्दैन ।
त्यसैले चाहे सदन रोकुन वा सडक छेकुन सरकार रतिभर पनि डर नमानेर अपराधीलाई कठघरामा हाल्न पछि पर्नु हुँदैन । अन्यथा भष्टाचारीहरुको राज र भष्टाचारीहरुको सफाया गर्नेहरुको राज कसरी छुट्टिन्छ ।
र, बालेन अर्थात प्रधानमन्त्री बालेनले ठेकेदारहरुलाई रुखमा झुण्डाएर हुन्छ कि सडकमा सुताएर हुन्छ हामी काम गराएर छोडछम् भनेर जनतामाझ दिएको वचन पूरा गर्न नि त यस्ता ठेकेदारहरु तहलाएरै छोडनु पर्छ । सरकारमा चेतना भया !



प्रतिक्रिया राख्नुहोस्