फोटो फिचर
इन्द्रजात्राको औपचारिक शुभारम्भ (फोटोहरु)
राजधानी काठमाडौं उपत्यकाको पौराणिक पर्व इन्द्रजात्राको अवसरमा असोज ७ गते बुधबार बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबार परिसरमा इन्द्रध्वजोत्थान -लिङ्गो) ठड्याउने कार्य सम्पन्न गरिएको छ ।
लिङ्गो ठड्याउने कार्यमा गुर्जुको पल्टनले तोप पड्काएको थियो । यस अवसरमा तलेजु भवानीको प्रतीकस्वरुप सेतो घोडा ल्याउने चलन छ ।

यस्तै दिप्याखं (देवी नाच) प्रस्तुत गरिएको थियो । यो नाच इन्द्रजात्रामा निकालिने पहिलो नाच हो । यससंगै इन्द्रजात्रा औपचारिक कार्यक्रम सुरु हुन्छ ।



तस्बिरः रञ्जन कार्की/रासस




प्रतिक्रिया राख्नुहोस्