जन सरोकार

अफिम र नगदसहित एकजना पक्राउ

दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी बमलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार बमलाई आइतबार साँझ चितवन भरतपुर महानगरपालिका–१० चौबिसकोठीबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनका साथबाट रु दुई लाख १६ हजार पाँच सय नगद बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयले ३२ थान हराएका मोबाइल खोजतलास गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । विभिन्न ब्रान्डका ती मोबाइल अर्कैले प्रयोग गरेको अवस्थामा भेटेर वास्तविक धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.