टर्कीका भूकम्प पीडितलाई एनआरएनएको सहयोग
टर्कीमा गएको विनासकारी भूकम्पका पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ५ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।

भुकम्प पीडितका लागि एनआरएनए एनसीसी टर्कीले गरिरहेको सामाजिक कार्यमा ऐक्यबद्धता र समर्थन जनाउँदै संघको आइसीसी बैठकले टर्कीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरे अनुसार सो सहयोग गरिएको हो ।
संघले १२ मार्च, २०२३, आइतबार एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई सो रकम हस्तान्तरण गरेको हो । यसैबीच ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर १२ मार्च, २०२३, आइतबारमा आयोजित कार्यक्रममा ४ हजार १ सय १९ डलर १९ सेन्ट आर्थिक सहयोग हस्तान्तर गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभागद्धारा आयोजित कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो । एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई उपसभामुख इन्दिरा रानामार्फत सो रकम हस्तान्तरण गरिएको हो ।
आर्थिक संकलनको लागि एनआरएनए मिडिया समितिकी सहसंयोजक बाबा राजेश्वरी थापाले विशेष पहलकदमी लिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्