जन सरोकार

नर्भिकमा ६ जना कोरोना बिरामी भेटियो भन्दै अडियो सन्देश पठाउनेको खोजी

आइतबार विहानै धेरैको फेसबुकमा एउटा यस्ता सन्देश आयो त्यो सुन्ने सन्देश सुन्ने जो कोहीको आङ जिरिङ्ग भयो । सन्देश थियो- नर्भिक अस्पतालमा ९ जनाको कोरोना परीक्षण गरिएकोमा छजनामा कोरोना भाइरस भेटिएको नर्भिककै एक स्टाफले आफूलाई बताएको भन्दै आएको सन्देशमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

करिब २ मिनेटको उक्त अडियोमा त्यति मात्र भनिएको छैन कि कोरोना संक्रमणको सन्देश मिडियामा आउँदैन, सरकारले भन्दैन र टिचिङमा चारजनाको मृत्यु भएको र उनीहरुलाई तत्काल जलाइएको समेत बताइएको छ ।

यस्तो सन्देश सामाजिक सञ्जालमा पठाएर जनमानसलाई आतंकिन पारेपछि नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिनुभएको छ ।

नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताउनुभएको छ । सरकारले कोरोनाका विषयमा नकारात्मक र भ्रामक सूचना प्रवाह नगर्न अनुरोध गर्दै त्यस्तो गर्नेलाई कारबाही गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.