विश्व समाचार

विश्वभर कोरोनाको कहर यथावत् : युरोपमा मात्र १ लाख बढीको मृत्यु

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)बाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपपछि संयुक्त राज्य अमेरिका बढी प्रभावित छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

मंगलबार साँझसम्म विश्वभर २४ लाख ९० हजार ४ सय २१ जनामा संक्रमण भएको छ भने यस अवधिमा उपारपछि ६ लाख ५३ हजार २ सय ३३ जना निको भएका र लाख, ७० हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।

विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार युरोपमा कुल संक्रति ११,१९,६७६, निको भएका ३,२६,२४९ र मृत्यु भएकाको संख्या १,०४,५७९ रहेको छ । त्यसै गरी उत्तर अमेरिकामा ८,५२,३०८ जना संक्रमित, ८९,१६३ जना निको भएका र मृत्यु हुनेको सख्ंया ४५,४७६ रहेको छ ।

कोरोनको उद्गम एसियामा ३,९८,७२९ संक्रमित, १,८७,०३६ निको भएका र १५,१६६ जनाको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा ८६,५९२ जना संक्रमितमध्ये ३७,९४० जना उपचारपछि निको भएका र ४,०८२ जनाको मृत्यु भएको छ ।

उता अफ्रिकामा २४,२०९ मा संक्रमणm निको भएका ६,४७१ जना र मृत्यु हुने १,१६४ रहेका छन् भने ओसेनिया (अस्ट्रेलिया)मा संक्रमितको संख्या ८,१८६, निको भएका ५,७३० र मृत्इु हुनेको संख्या ८४ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.