खेल
फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा, दक्षिण एसियामा दोस्रो
नेपाली महिला टोली विश्व वरियतामा ९९ औं स्थानमा कायम रहेको छ । त्यस्तै एसियामा २१ औं र दक्षिण एसियामा दोस्रो स्थानमा रहेको विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियतामा उल्लेख छ ।
पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो ।
पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२औँ तथा भुटान १५४औँ स्थानमा रहेका छन् ।
विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्