विश्व समाचार

फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण

यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको एउटा यात्रुवाहक विमान साउदी अरबतर्फ मोडिएको इजरायली अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

विमानका सबै यात्रुहरू सकुशल रहेको बताइएको छ । उक्त विमानमा झन्डै १५० जना सवार थिए । तीमध्ये अधिकांश इजरायली नागरिक थिए ।

उडान ट्र्याक गर्ने वेबसाइट ‘फ्लाइटराडार–२४’ का अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार बिहान उडेको फ्लाइदुबईको उक्त विमानले दुई घण्टापछि आपत्कालीन सङ्केत पठाएको थियो।

विमानस्थल सञ्चालन गर्ने कम्पनीको वक्तव्यअनुसार फ्लाइदुबई विमानलाई साउदी अरबको ताबुकमा ‘बिहान ९ः४५ बजे आपतकालीन अवतरण गराइएको थियो र यसका क्याप्टेन तथा सह–चालकलाई घाइते अवस्थामा भेटेपछि उपचारका लागि तत्काल अस्पताल लगिएको थियो।”

सस्तो भाडादरको यस वायुसेवाले घटनाबारे दिएको पहिलो प्रतिक्रियामा भनेको थियो, “उडान ‘एफजेड १०७३’ ले मार्गमा एउटा घटना अनुभव गर्यो ।

विमान ताबुक विमानस्थल (टीयूयू) मा सुरक्षित अवतरण गरेको छ र सबै यात्री सुरक्षित रहेका र उनीहको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।”

फ्लाइटराडार वेबसाइटको तथ्याङ्कअनुसार विमानले उडानका क्रममा अचानक उचाइ गुमाएको थियो । ग्रीनवीच समयअनुसार बुधबार बिहान ५ः२१ मा करिब ३४ हजार फिटमा रहेको विमान करिब एक मिनेटमा १७ हजार फिटभन्दा कममा झरेको थियो ।

विमानका एक यात्री मिर्याम शिरा ओहायोनले भन्नुभयो, “जब दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको विमान जोर्डनको आकाशमाथि उडिरहेका समय एउटा चालकले अर्कोलाई छुरा हान्ने प्रयास गरेको आफुले सुनेको र विमान एक्कासी ‘लगभग नियन्त्रण बाहिर’ पुगेको थियो ।”

“सह–चालकद्वारा चालकलाई मार्ने र विमानमा आत्मघाती आक्रमण गर्ने प्रयास भएको छ,” उहाँले तेल अभिभ नजिकैको बेन गुरियन विमानस्थलमा पर्खिरहेकी आफ्नी आमाको फोनको लाउडस्पिकरमा सुनिनेगरी पत्रकारहरूसँग बताउनुभयो ।

“यो वास्तवमै दुर्घटनातर्फ जाँदै थियो, र धेरै मानिसहरूको चातुर्यले सह–पाइलटलाई नियन्त्रणमा लिएर निष्क्रिय पारियो,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “त्यहाँ एउटा डाक्टर पनि थिए जसले प्राथमिक उपचार दिए, र मानिसहरूले दुवैलाई उपचार गरे। पाइलटबाहेक अरू कोही घाइते भएनन् । ठूलो डर वास्तवमै दुर्घटनाको थियो यो टरेको छ।”

धेरै इजरायली मिडियाले विमानका पाइलटहरूबीच झगडा भएको आपतकालिन सङ्केत प्राप्त भएको थियो ।

घटना भएको केही मिनेटपछि उक्त सङ्केतलाई परिवर्तन गरेर ‘विमान अपहरण’ मा परेको सङ्केत पठाइएको थियो। तर पछि फेरि त्यसलाई सामान्य आपत्कालीन सङ्केत भनी सच्चाइएको थियो ।

इजरेली अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले एक पाइलटले विमान आफ्नो नियन्त्रणमा लिनुअघि अर्का पाइलटलाई चक्कु प्रहार गरेको विवरण प्रकाशित गरेका छन्।

विमानमा सवार यात्रुहरूले पनि विमानभित्र धारिलो हतियार प्रहार भएको जानकारी स्थानीय सञ्चारमाध्यमलाई दिएका छन्।

फ्लाइदुबईका एक प्रवक्ताले विमानमा ‘उडानका क्रममा एउटा घटना भएको’ पुष्टि गर्नुभएको छ।

“हाम्रा टोलीहरू सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम गर्दै छन्,“ उहाँले भन्नुभयो ।

फ्लाइटरेडार–२४ को तथ्याङ्कले उडेको दुई घण्टापछि उक्त विमान यूटीसी ०५ः२१ बजेपछि दुई मिनेटभन्दा कम समयमा १७,००० फीट (५,००० मिटरभन्दा बढी) तल तीव्र गतिमा ओर्लिएको देखिन्छ।

उक्त विमान यूटीसी ५ः४० मा केही बेर जोर्डनको आकाशमा प्रवेश गरेर केही मिनेटपछि पुनः साउदी अरब फर्किएको थियो। साउदी अरबको आकाशमा पुगेपछि अवतरण गर्ने उद्देश्यले विमान तल ओर्लिन थालेको देखिन्छ ।

सुरुमा विमान अपहरण भएको आशङ्कामा इजरायली प्रधानमन्त्री र रक्षामन्त्रीले आपत्कालीन छलफल गरेका थिए।

अप्रत्याशित रूपमा आफ्नो उडान मार्गबाट विमान अन्यत्र मोडिएपछि इजरायली वायुसेनाले प्रतिक्रियास्वरूप लडाकु विमानहरू परिचालन गरेको थियो ।

एउटा विज्ञप्ति जारी गर्दै नेतन्याहूले स्थिति नियन्त्रणमा रहेको र साउदी अरबबाट इजरेली यात्रुहरूलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.