क्रिकेटखेल

क्यानले गर्यो करण केसीलाई एक खेलको प्रतिबन्ध

नेपाली क्रिकेटर करण केसीलाई एक खेलको लागि प्रतिबन्धमा परेका छन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर केसीलाई एक खेलको प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

संघले करणलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिबाना तिराउने निर्णय गरेको छ । गत चैत २८ गते करणले सामाजिक सञ्जालमा “यदि कुनै पनि खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो ?जानकारीको लागि ? खेलाडीको ज्ञान र सुरक्षाका लागि” ‘एक्स’मा अभिव्यक्ति दिएपछि आइतबार संघले उनको यही अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही गरेको हो ।

“प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेलहरू सञ्चालन भइरहेका क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,” क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गत शुक्रबार प्रधानमन्त्री कप अन्तर्गत भएको बागमती र मधेशबीचको खेलमा बागमतीका बलर प्रतिश जिसीले मधेशका मोहम्मद आदिल आलमविरुद्ध गरेको एलबिडब्लु अपिल गरेका थिए । तर अम्पायरले नट आउट दिएका थिए ।‌ त्यसपछि सन्दीप र अम्पायरबीच विवाद भएको थियो ।

यस्तो छ विज्ञप्ति –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.