राजनीति

उठेका विवादमा गृहमन्त्री गुरुङको प्रष्टिकरण : आरोप र सत्य एउटै हुँदैन

गृहमन्त्री सुधन गुरुङले आफ्ना बिरुद्ध सम्पत्ति बुद्धिकरणको आरोप लागेपछि त्यसको खण्डन गर्दै आफूले विभिन्न शेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको र यसको सबै कागजात रेकर्डमा रहेको जानकारी दिनुभएको छ ।

विवादित पृष्ठभूमिका व्यवसायी दीपक भट्टसँगको साँठगाँठमा दुई करोड रुपैयाँको शेयर किनेको र त्यो सम्पत्ति विवरणमा नदेखाएको भन्दै आवाज उठेपछि मन्त्री गुरुङले शेयर खरीद गर्दा बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताउनुभएको हो ।

सामाजिक सञ्जालबाट लामो स्पष्टिकरण दिंदै उहाँले भन्नुभएको छ, “बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?”

साथै, लगानीको स्रोतमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै मन्त्री गुरुङले विसं २०८० भदौ २९ गतेको लिखित तमसुक रेकर्डमा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ङअब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०।०५।२९ को हो, जुन रेकर्डमा नै छ । उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।”

त्यस्तै मन्त्री गुरुङले आफ्नो विषयमा अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको र पार्टी निर्णय स्वीकार्य रहने बताउँदै उक्त आरोप र सत्य एउटै कुरा नभएको दावी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “…म यति मात्र भन्न चाहन्छु आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ । तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।”

गृृहमन्त्री गुरुङले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.