जन सरोकार

अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित आठ जनाले गैरकानुनी लाभ वा हानि गरेको भन्दै बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले अदानचुली गाउँपालिकाको कुकुर फाल्ना छहराखेतदेखि मुगु, सोरू गाउँपालिका–३ भिईसम्म बत्ती निर्माणका लागि विनियोजित रकमको काम नगरी रु नौ लाख २६ हजार रकम हिनामिना गरेर गैरकानुनी लाभ वा हानि गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख रिमाल, तत्कालीन सव–इन्जिनियर विश्वराज भण्डारी र तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल, सोरू गाँउपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामी तथा गल्फागाढ छहराखेत जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, सो आयोजनाको उपभोक्ता समितिका उपाध्यक्ष भीमचन्द्र बुढा, समितिका सचिव धनराज बुमी र समितिका कोषाध्यक्ष लक्ष्मी धामीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु नौ लाख २६ हजार कायम गरेर मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.